
सल्यानमा २२ औँ निजामती सेवा दिवस विविध कार्यक्रमहरू गरी भव्य रूपमा मनाइएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन“ भन्ने नाराका साथ दिवस मनाइएको हो । कर्मचारी मिलन केन्द्र सल्यानको समन्वय तथा जिल्ला प्रशासन कार्यालय सल्यानको मुल समारोहको आयोजनामा भएको कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक गतिविधिहरू गरिएका थिए । उक्त अवसरमा व्याडमिन्टन प्रतियोगिता, कविता वाचन प्रतियोगिता जस्ता कार्यक्रमले समारोहलाई झनै आकर्षक बनाएका थिए ।

आइतवार बिहान सदरमुकाम खलंगामा प्रभातफेरी कार्यक्रमसमेत गरिएको थियो । प्रभातफेरी पुरानो बसपार्कबाट सुरु भई ठन्डी सडक, पुरानो नेपाल बैंक, हुलाक रोड हुँदै पुनः बसपार्कमै आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । औपचारिक कार्यक्रममा विभिन्न वक्ताहरूले निजामती कर्मचारीहरूलाई अझ सेवा–मुखी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, निजामती कर्मचारीहरूप्रति समाजमा रहेको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनु आजको आवश्यकता रहेको बताएका थिए । निजामती कर्मचारीहरू राष्ट्र निर्माणका आधारशिला भएको उल्लेख गर्दै उनीहरूको भूमिकालाई अझ प्रभावकारी र उत्तरदायी बनाउन जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसद सुवेदीले निजामती कर्मचारी जनताको प्रत्यक्ष सरोकारका सेवामा खटिने व्यक्तिहरू भएको बताउनु भयो । उनीहरूको व्यावसायिकता, इमान्दारी र निष्पक्षता नै सुशासनको आधार भएको बताउनु भयो । कर्मचारी मिलन केन्द्रका अध्यक्ष धिरेन्द्र भण्डारीले जनताको सेवामा समर्पित भएर काम गर्ने हो भने निजामती सेवा मात्रै होइन, सम्पूर्ण प्रशासनिक प्रणालीप्रति विश्वास बढ्ने बताउनु भयो । यस अघि निजामती दिवस कार्यक्रमको अवसरमा राष्ट्रसेवक कर्मचारी बिच व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो भने कविता वाचन प्रतियोगिता पनि सम्पन्न भएको थियो । कविता वाचन प्रतियोगितामा आन्तरिक तर्फ अनिता साँखु प्रथम, हरिश्चन्द्र शर्मा दिृतिय र कृष्ण बुढाथोकी तिृतय हुनुभएको थियो । यस्तै खुला तर्फ गिता रुी प्रथम, महेन्द्र बस्नेत दिृतिय र इन्द्र भण्डारी तृतिय हुनुभएको थियो ।

व्याडमिन्टन प्रतियोगिता मेहेन्द्र केसी प्रथम र मनोज सिंह प्रथम, दिृतिय गणेश डाँगी र प्रदिप चन्द र तृतिय, लोकेन्द्र डाँगी, टिकाराम भण्डारी, शिवराज कवर र दिपक पुन रहनुभएको थियो । पुरस्कृत हुुने प्रतियोगिहरुलाई सम्मान पत्र र नगत सहित पुरस्कार प्रदान गरिएको थियो । यस्तै सरसफाई तथा हरियाली प्रवद्र्धनको तर्फ उत्कृष्ठ कार्यलयमा खानेपानी सरसफाई तथा उर्जा बिकास कार्यालय सल्यान परस्कृत भएको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, निजामती कर्मचारी, बिभिन्न संघ संगठनका कर्मचारी, प्रहरी पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले गर्नुभएको थियो ।

