सल्यानका पत्रकार थापामाथि कुटपिट

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ भाद्र २३, सोमबार (५ महिना अघि)
  • २०३३ पटक पढिएको

सल्यानका पत्रकार थापामाथि कुटपिट

नेपाल पत्रकार महासंघ सल्यानका प्रदेश परिषद सदस्य नोखिराम थापामाथि आइतबार बेलुका एक समूहले कुटपिट गरेको छ।
जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेको अवस्थामा ५–६ जनाको समूहले थापामाथि आक्रमण गरी घाइते बनाएको हो। आक्रमणको संलग्नमा प्रमोद भण्डारी र शारदा नगरपालिका–६ का वडा अध्यक्ष भिकराज बुढाथोकी समेत रहेको पत्रकार थापाले दाबी गर्नुभएको छ।

कुटपिटबाट थापाको टाउको र आँखामा चोट लागेको छ। थापाले आफू र साथीहरू मेला हेरेर फर्किँदै गर्दा खाना खान रेस्टुरेन्ट पुगेको र त्यहीँ अचानक समूहले आक्रमण गरेको बताउनुभएको छ। म सहित साथीहरू, मेला हेर्न गएका थिएउ,” साझ सँगै फर्केर खाना खाएर छुट्टिने सल्लाह भयो, साथीहरू सहित करुवामा खाना खाना गएउ, प्रमोद भण्डारी र भिकराज बुढाथोकी लगायतको समुह  भित्र पसेर एकासी म माथी कुटपिट गरेर निस्किए,
“मेरो कुनै गल्ती थिएन, तर एक्कासी कुटपिट भयो,” थापाको भनाइ छ।

कुटपिटपछि उल्टै प्रहरीमा आफूविरुद्ध उनीहरुले गाली बेइज्जती गर्यो भनेर खबर गरेपछि  इलाका प्रहरी कार्यालय श्रीनगरले केही समय पक्राउ समेत गरेको थापाले बताउनुभयो । घाइते थापाको उपचार श्रीनगरको मेट्रो अस्पतालमा भइरहेको छ। केही दिनअघि थापाले श्रीनगर बसपार्क चर्किएको विषयमा समाचार लेख्नुभएको थियो। सोही कारण आक्रमण भएको थापाको दाबी छ।
पत्रकार थापाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै संलग्नमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिनुभएको छ। ?नेपाल पत्रकार महासंघ सल्यानले पत्रकार नोखिराम थापामाथि भएको आक्रमणलाई अराजक र दुखद घटना भन्दै कडा विरोध गरेको छ।

महासंघका अध्यक्ष डिल्लीराज रावतले जनताको आवाज उठाउने र जनजीविकाका सवालमा बोल्ने पत्रकारमाथि आक्रमण हुनु आम नागरिकले पनि असुरक्षित अनुभव गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो। रावतले घटनामा संलग्नमाथि तत्काल कारबाही नभए आन्दोलनमा जाने चेतावनी दिनुभयो।

छुटाउनु भयो की?

ताजा अपडेट

१ हप्ता अघि

आस कहिल्यै मर्दैन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली