
सल्यानमा शारदा नदी किनारमा पहिचान नखुलेकी एक महिलाको शव फेला परेको छ । जिल्लाको शारदा नगरपालिका वडा न १ र १२ जोड्ने शारदा पुल नजिकै शारदा नगरपालिका १२ गाइनेटान नजिक शारदा नदी किनारमा महिलाको शव फेला परेको हो ।
शनिबार दिउँसो काम गर्ने क्रममा स्थानीयले शारदा नदी किनारको कुलोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएकी महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय शितलपाटीको टोली घटनास्थलमा पुगी मृत्तकको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
