
सल्यानको पहिलो सामुदायिक रेडियो राप्ती एफएमले आफनो १८ औँ वार्षिक उत्सव मनाएको छ । २०६४ मंसिर २६ गतेदेखि प्रशारण प्रारम्भ गरेको रेडियो राप्तीले आज अन्तरक्रिया कार्यक्रम मार्फत वार्षिकोत्सव मनाएको हो ।
सामुदायिक रेडियो प्रशारक संघ अकोर्यापका कर्णाली प्रदेश अध्यक्ष प्रतीक ईच्छुक शर्माको प्रमुख आथित्यता तथा जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामनी रेग्मीको विशिष्ट आथित्यता भएको कार्यक्रममा बोल्नै सहभागिहरुले रेडियोले समाज रुपान्तरणमा भुमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । प्रबिधिमा आएको फेरवदल सँगै पछिल्लो समयमा सञ्चारका बिभिन्न माध्यमहरु सञ्चालन भएपनि रेडियोप्रतिको नागरिकको बिश्वास नघटेको बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले सञ्चार क्षेत्रमा सामुदायिक रेडियोले खेलको भूमिका अतुलनिय रहेको बताउनु भयो । उहाँले पछिल्लो समय प्रविधिमा आएका फेरवदका कारण केही सामुदायिक रेडियोमा चुनौती थपिएपनि ग्रामिण समुदायको भरपर्दा माध्याम रेडियो भएको बताउनु भयो । सञ्चारका माध्याम वदलिदै जाँदा रेडियोले बिषयबस्तुलाई प्रभावकारी रुपमा उठान गर्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि हुलाक अधिकृत रेग्मीले आगामी दिनमा रेडियोलाई बदलिदो सूचना प्रबिधि अनुुकुल अगाडी बढाउनु पर्ने बताउनु भयो । पछिल्लो समय राज्यले पनि लोक कल्यानकारी बिज्ञानपन व्यवस्था गरेकाले केही सहज भएको बताउनु भयो ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले राजनितिक परिवर्तनको इतिहासमा रेडियोको योगदान महत्वपुर्ण भएको बताउनु भयो । गाउँ वस्तीका कुरा होस वा जनजिविकाका सवालमा होस समाज र समुदायका लागि सहयोग पुर्याएको बताउनु भयो ।
रेडियो राप्तीका सञ्चालक संस्था शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गैयर सरकारी महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल वार एसोसेसनका केन्द्रिय सदस्य चन्द्रप्रकाश ओली सिपीद, जिल्ला सचिव बिष्णु शर्मा लगायतले शुभकामना राख्नुभएको थियो । संस्थाका उपाध्यक्ष रमेश कुमार ओलीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन सचिव निम बहादुर नेपालीले गर्नुभएको थियो ।
