
जिल्ला प्रहरी कार्यालय सल्यानले पुष महिना भरि भएका घटनाका विवरण सार्वजनिक गरेको छ । हरेक महिनाका घटना तथा प्रगती विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने निर्देशन अनुसार पुष महिनामा भएका प्रगती विवरण सार्वजनिक गरेको हो । प्रगती विवरण सार्वजनिक गर्दै सूचना अधिकारी तथा प्रहरी निरिक्षक पुर्ण केसीले पुष महिनाभर १८ वटा मुद्धा तर्द भएको जानकारी दिनुभयो । जस मध्य महिला बालबालिका तथा जेष्ठ नागरिक सँग सम्बन्ति ३, आर्थिक अपराधका २ र अन्य १० वटा मुद्धा दर्ता भएका हुन । यस्तै घरेलु हिंसाका ३ वटा उजुरी परेकोमा मिलापत्र मार्फत मेलमिलाप गराइएको बताउनु भयो । यस्तै पुष महिनामा १३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । यस्तै सो महिनामा ६ जना हराएकोमा ४ जना फेला पारि आफन्तको जिम्मा लगाइएको छ । प्रत्येक्ष निवेदन बाट १४ वटा उजुरी परेकोमा ९ वटा फछयौट भएका छन ।
यसैबिच सामुदायिक वनमा लुकाई राखेको ६ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो । बरामद गरेको बन्दुक मध्ये एक थानमा बारुद समेत भरिएको थियो । स्थानीयले सिकार खेल्न प्रयोग गर्दै भरुवा बन्दुक घरमा राखे थाहा पाउने डरले जंगलमा लुकाएको हुन सक्ने जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीले बताए। उनका अनुसार एक महिनायता ३१ थान भरुवा बन्दुक बरामद गरिएको छ । निर्वाचनको बेला प्रयोग हुन सक्ने भन्दै सरकारले अवैध हतियार खोजी गर्न निर्देशन दिएपछि ग्रामीण क्षेत्रमा लुकाई राखेका हतियार खोजी भइरहेको उहाँले बताउनुभयो ।
