आस कहिल्यै मर्दैन

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ माघ २५, आईतबार (१ महिना अघि)
  • २०९ पटक पढिएको

आस कहिल्यै मर्दैन

शीर्षक : आस
झरना चन्द अर्पन
जति दुःख आए नि
मन भने हार मान्दैन,
आँसु झरे नि
आस कहिल्यै मर्दैन।
बिहान घाम फेरि लाग्छ भन्छु
अँध्यारो सधैं बस्दैन नि,
आज रित्तो हात भए पनि
भोलि केही न केही त मिल्छ नि,
थाकेर लड्छु कहिले काहीं
तर फेरि आफैं उठ्छु म,
मनभित्र कतै सानो आवाज आउँछ.
डराउने पर्दैन, साथमै छु म.
हावा चल्छ, बादल आउँछ,
जीवनमा आँधी, चल्छ,
तर विश्वासको सानो दियो
अन्तिमसम्म बालिरहन्छ।
कहिले बाटो एक्लै हुन्छ,
कहिले साथ दिने कोही हुँदैन,
तर आफ्नै हिम्मत साथी बन्छ
त्यो कहिल्यै टाढा हुँदैन,
हारका कथा धेरै छन् यहाँ,
पीडाका सम्झना झन् गहिरा,
तर मुस्कानभित्र लुकेको हुन्छ
भोलिको सपना सुनौला।
जीवन भनेको दुःख,सुखै हो,
रोएर मात्रै कहाँ हुन्छ र बस?
छाती कसेर अघि बढ्नुपर्छ,
मान्छे बाँच्ने भर नै त हो. आस।
आस नै शक्ति, आस नै साहस,
आस नै मुटुको उज्यालो,
जब सबै कुरा टुटेझैं लाग्छ
आस बन्छ अन्तिम सहारा बलियो।
त्यसैले म कहिल्यै हार मान्दिनँ,
समयसँग लडिरहन्छु खास,
किनकि जीवन चलाइराख्ने
मेरो सबैभन्दा ठूलो साथ हो आस।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली