सिद्ध कुमाखको आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : उपाधी निराजनको हातमा


सिद्ध कुमाखको आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : उपाधी निराजनको हातमा

सिद्ध कुमाख गाउँपालिकाको आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री नेरा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि श्री निराजन माध्यमिक विद्यालय, सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरले हात पारेको छ। श्री निराजन मावि ढोरचौरले  १८ स्वर्ण, २१ रजत र ७ कास्यसहित कुल ४६ पदक लिएर प्रथम भएको छ । यस्तै श्री नेपाल राष्ट्रिय मावि, छापडाडा — १३ स्वर्ण, ११ रजत र १४ कास्यसहित कुल ३८ पदक सहित द्वितीय हुँदा श्री सिद्ध मावि, भडारे — १२ स्वर्ण, ७ रजत र ३ कास्यसहित २२ पदक सहित तृतीय भएको छ । श्री देउराली मावि, कुइयाँझोल — ७ स्वर्ण, ७ रजत र ६ कास्यसहित कुल २० पदक सहित चौथो, श्री शान्ति सुन्दर मावि, खार्वन — ३ स्वर्ण, ४ रजत र ५ कास्यसहित कुल १२ पदक सहित पाँचौँ र छैटौँ श्री महेन्द्र आदर्श मावि, बाँझकाडा — १ स्वर्ण, ४ रजत र ७ कास्यसहित कुल १२ पदक लिएको छ ।


हरेक विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरूलाई प्रमाणपत्र, मेडल, ट्रफी तथा कप गाउँपालिका अध्यक्ष भरत गिरी, उपाध्यक्ष राम बहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतिभा ओली र पाँच वटै वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूद्वारा प्रदान गरिएको थियो।
पदक तालिकाका आधारमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरूलाई क्रमशः रु १५ हजार, रु १२ हजार र रु ९ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको पालिकाले जनाएको छ । साथै प्रतियोगिता सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण रेफ्री तथा खेल प्रशिक्षकहरू, प्रहरी चौकी ढोरचौर र खेलमैदान उपलब्ध गराउने श्री नेरा माविलाई समेत सम्मान गरिएको हो।


यसैगरी, प्रतियोगिताको उद्घाटन समारोहमा उत्कृष्ट मार्चपास प्रदर्शन गर्दै श्री निराजन मावि प्रथम, श्री महेन्द्र आदर्श मावि द्वितीय र श्री नेरा मावि तृतीय भएका छन्। उद्घाटन समारोहमा झाँकी प्रस्तुत गर्ने सांस्कृतिक समूहहरूलाई पनि सम्मान गरिएको छ।
भलिवल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट्स विधाअन्तर्गत सञ्चालन भएका कुल ५४ वटा प्रतियोगितामा सहभागी ६ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली