सल्यानमा डबल क्याप बोलेर जीप दुर्घटना: चालकको मृत्यु, ३ घाइते


सल्यानमा डबल क्याप बोलेर जीप दुर्घटना: चालकको मृत्यु, ३ घाइते

सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन्।
मृत्यु हुनेमा चालक रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ बर्षका बिजय बिस्वकर्मा रहेको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु भएको हो। बुधबार बिहान करिब पौने ५ बजे बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी कपुरकोट, गाउँ प्रहरी तथा जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन ।
दुर्घटनामा घाइते भएका तिन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो। घाइतेको पहिचान खुलेको छैन । दुर्घटना परेर गाडी करिब २ सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते १ जनाले दुर्घटना भएको जानकारी गराएपछी थाहा भएको थियो । दुर्घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली