कार्यसम्पादन मूल्याङ्कनमा छत्रेश्वरी गाउँपालिका सल्यान जिल्लामै प्रथम

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८२ माघ २९, बिहिबार (४ हप्ता अघि)
  • ९० पटक पढिएको

कार्यसम्पादन मूल्याङ्कनमा छत्रेश्वरी गाउँपालिका सल्यान जिल्लामै प्रथम

सल्यान जिल्ला अन्तर्गत रहेको छत्रेश्वरी गाउँपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आर्थिक वर्ष २०८१÷०८२ का लागि गरिएको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामै प्रथम स्थान हासिल गर्न सफल भएको छ। गाउँपालिकाले ७२.२५ अंक प्राप्त गर्दै उत्कृष्ट प्रदर्शनका साथ जिल्लाका अन्य स्थानीय तहहरूलाई पछि पार्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

आयोगले स्थानीय तहहरूको कार्यसम्पादन मापन गर्दा विभिन्न मापनयोग्य, वस्तुनिष्ठ तथा परिणाममुखी सूचकहरूको आधारमा मूल्याङ्कन गरेको थियो। वित्तीय अनुशासन, योजना कार्यान्वयनको अवस्था, पारदर्शिता, सुशासन, सेवा प्रवाहको प्रभावकारिता, राजस्व संकलन, सार्वजनिक उत्तरदायित्व तथा संस्थागत क्षमता विकासलगायतका सूचकहरूमा छत्रेश्वरी गाउँपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाइएको छ ।
यो उपलब्धि समग्र गाउँपालिकाको प्रतिबद्धता, समन्वय र टिमवर्कको परिणाम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताउनु भयो । उहाँले उपलब्धिले गाउँपालिकाको संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई अझै नतिजामुखी, पारदर्शी र जवाफदेही बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको बताउनु भयो ।
गाउँपालिकाले विकास निर्माणका कार्यहरूलाई समयमै सम्पन्न गर्नुका साथै सार्वजनिक स्रोत–साधनको प्रभावकारी परिचालन, योजनाको नियमित अनुगमन तथा मूल्याङ्कन, र नागरिक सहभागितालाई प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्दै आएको जनाएको छ । यसैको सकारात्मक परिणामस्वरूप गाउँपालिकाले जिल्लास्तरमा अग्रस्थान हासिल गर्न सफल भएको हो । उक्त उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, विषयगत शाखा, सरोकारवाला निकाय, सहकार्य गर्ने संघ–संस्था तथा आम नागरिकप्रति गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ । सामूहिक प्रयास, पारदर्शिता र उत्तरदायित्वकै कारण यस्तो सफलता सम्भव भएको गाउँपालिकाले जनाएको छ ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली