सल्यानमा सामुदायिक वनमा दिगो वन व्यवस्थापन सुरु


सल्यानमा सामुदायिक वनमा दिगो वन व्यवस्थापन सुरु

सामुदायिक वनको दिगो व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले कर्णाली प्रदेश सरकारद्वारा सुरु गरिएको कार्यक्रम सल्यानमा कार्यान्वयनमा आएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माण गरेको कार्यबिधि अनुसार जिल्लाका १६ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्ययोजना लागू गर्न थालिएको हो । कार्यक्रमको औपचारिक शुभारम्भ कालिमाटी गाउँपालिका–२ मा रहेको सगरमाथा सामुदायिक वनबाट गरिएको छ । उक्त कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गर्नुभयो ।

दिगो वन व्यवस्थापन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अधिकारीले सामुदायिक वनमा रहेका धेरै रुखहरू पुराना हुँदै गएको र कुहिने अवस्थासम्म पुग्दा पनि उपभोक्ताले पर्याप्त लाभ लिन नसकेको उल्लेख गर्नुभयो । “रुखहरू खेर जाँदा न त उपभोक्ताले फाइदा लिन सकेका छन्, न त राज्यले नै आर्थिक आम्दानी पाएको छ । अब दिगो वन व्यवस्थापनमार्फत १०० वर्षभन्दा पुराना रुखबाट पनि आर्थिक आम्दानी लिन सकिने उहाँले बताउनु भयो । मन्त्री अधिकारीका अनुसार दिगो वन व्यवस्थापनले पुराना तथा रोगग्रस्त रुखको वैज्ञानिक व्यवस्थापन गरी नयाँ बिरुवा हुर्काउने वातावरण तयार पार्ने बताउनु भयो । यसबाट वनको पुनर्जनन प्रक्रिया सुदृढ भई वन दीर्घकालीन रूपमा संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । “यस कार्यक्रमले अहिलेका उपभोक्तामात्र होइन, भावी पुस्ताले पनि लाभ लिन सक्नेछन्,” उहाँले भन्नुभयो । कार्यक्रमबाट प्राप्त हुने आर्थिक आम्दानी समुदायको विकासमा खर्च गरिने र वन क्षेत्रमा नयाँ पालुवा तथा बिरुवाहरू राम्रोसँग हुर्कन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सामुदायिक वन समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र सदुपयोग अनिवार्य रहेको मन्त्री अधिकारीले जोड दिनुभयो ।


डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले प्रदेश सरकारले आवश्यक कार्यविधि निर्माण गरिसकेकाले सोही कार्यविधिअनुसार कार्यक्रम कार्यान्वयन गरिने बताउनु भयो । यस वर्ष सल्यान जिल्लाका १६ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापनको काम अघि बढाइने रावलले जानकारी दिनुभयो । उहाँका अनुसार दिगो वन व्यवस्थापनले वनको उत्पादनशीलता बढाउने, वनजन्य स्रोतको सदुपयोग गर्ने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पु¥याउनेछ । यसले वन संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको छ । यसमा उपभोक्ताहरु पनि सक्रिय भएका छन । उनिहरुले दिगो वन व्यवस्थापनले समुदायलाई फाइदा पुग्ने जनाएका छन ।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली