
नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार रमेश कुमार मल्ल यतिवेला चुनावी अभियानमा सँगै जभेटघाटमा व्यस्त हुनुहुन्छ । उम्मेदवार मल्लले शनिबार कालिमाटी गाउँपालिका–२ र ३ को सेतीखोला पुतलीबजार, वडा नं। ४ को घुरचौर तथा वडा नं। ५ को बालुवाका मतदातासँग जनभेटघाट गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय सदस्य तथा प्रचार–प्रसार संयोजक नेता रमेश कुमार गौतमका जानकारीदिनुभयो । उहाँका अनुसार कालिमाटीको कार्यक्रम सम्पन्न गरेपछि आइतबारदेखि शारदा नगरपालिकाका विभिन्न वडामा भेटघाट सँगै घरदैलो अभियान सञ्चालन गरिनेछ। केही दिनअघि मात्रै प्रतिबद्धता पत्र र घोषणापत्र सार्वजनिक गरिसक्नुभएका उम्मेदवार मल्ल जनताका समस्या पहिचान गर्दै मत माग्न घरदैलोमा पुगिरहनुभएको छ। जनभेटघाटका क्रममा मतदाताले भौतिक पूर्वाधार, बाटोघाटो, खानेपानी, विद्युत, शिक्षा र स्वास्थ्य लगायतका विकास योजनाबारे आफ्ना माग राखेका छन्। विशेषगरी कालिमाटी क्षेत्रका मतदाताले विद्युत आपूर्ति सुधार, खानेपानी व्यवस्थापन, सडक स्तरोन्नति तथा वन्यजन्तु नियन्त्रणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
भेटघाटका क्रममा उम्मेदवार मल्लले आफू चुनावी अभियानमा मात्र नभई सधैँ जनताको विकास–निर्माणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जनभेटघाट कार्यक्रममा नेता प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा, कृतिबहादुर पुन लगायतका नेताहरूको सहभागिता रहेको थियो।
