उम्मेदवार मल्ल मतदाताहरु सँगको भेटघाटमा व्यस्त

  • मेरो जिल्ला
  • / राजनीति /
  • २०८२ फागुन ९, शनिबार (२ हप्ता अघि)
  • ५० पटक पढिएको

उम्मेदवार मल्ल मतदाताहरु सँगको भेटघाटमा व्यस्त

नेपाली कम्युनिस्ट पार्टिका उम्मेदवार रमेश कुमार मल्लले शनिबार कालिमाटी गाउँपालिकाका बिभिन्न वडाका मतदाताहरु सँग जनभेटघाट गर्नुभएको छ । वडा नम्बर २ को सेतिखोला, ३ को ढोरेनी, पुतलीबजार, वडा नं ४ को पुरुवा खेत, खैरेनी तथा वडा नं ५ को बालुवाका मतदातासँग जनभेटघाट गर्नुभएको हो । कार्यक्रममा मतदाताले आफ्नो क्षेत्रका विकास र जनजीविकासँग जोडिएका विविध समस्या तथा आवश्यकताबारे खुलेर धारणा राखेका थिए । भेटघाटका क्रममा मतदाताले भौतिक पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानीको सहज आपूर्ति, भरपर्दो विद्युत सेवा, गुणस्तरीय शिक्षा तथा सुलभ स्वास्थ्य सेवामा विशेष ध्यान दिन आग्रह गरेका छन्। विशेषगरी कालिमाटी क्षेत्रका नागरिकले विद्युत आपूर्ति सुधार, इन्टरनेट सेवा विस्तार, व्यवस्थित खानेपानी, सडकको स्तरोन्नति तथा बढ्दो वन्यजन्तु आतंक नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने माग अघि सारेका छन्। पछिल्लो समय वन्यजन्तुको आक्रमण बढ्दै गएकाले जनधनको सुरक्षाका लागि ठोस पहल आवश्यक रहेको स्थानीयको भनाइ छ। जनताको गुनासा र सुझाव सुन्ने क्रममा उम्मेदवार मल्लले उठेका मागप्रति आफू गम्भीर रहेको बताउनुभयो। उहाँले चुनावी समयमा मात्र नभई सधैँ जनताको पक्षमा उभिएर विकास–निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय आवश्यकताअनुसार योजना अघि बढाउने र जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजाने उहाँको भनाइ थियो।

कालिमाटी क्षेत्रको कार्यक्रम सम्पन्न गरेपछि आइतबारदेखि शारदा नगरपालिकाका विभिन्न वडामा जनभेटघाटसँगै घरदैलो अभियान सञ्चालन गरिने उम्मेदवार मल्लले जानकारी दिनुभयो।

जनभेटघाट कार्यक्रममा नेता प्रकाश ज्वाला, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्मा, कृतिबहादुर पुन, लोक बहादुर बस्नेत लगायतका नेताहरूको सहभागिता रहेको थियो।

छुटाउनु भयो की?

ताजा अपडेट

२ हप्ता अघि

दाई परदेशिएको दिन

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली