बर्षातसंगै परेको चटयाङ्ग लागेर सल्यानमा एक महिला घाईते भएकी छिन भने चार बाख्रा मरेका छन । घर नजिकै परेको चटयाङ्ग लागेर जिल्लाको त्रिबेणी गाउ“पालिका १ सागिने घर भएकी बर्ष २४ की आरती पुन घाईते भएकी हुन भने कालिमाटी गाउ“पालिका ५ दम्दवाली बस्ने पहलसिंह गाहाको चार बाख्रा मरेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेसमबहादुर खत्रीका अनुसार घरमा बसिरहेको बेला चटयाङ्ग पर्दा पुन घाईते भएकी थिईन । घाईते पुनलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याईएको र अस्पतालमा उपचार भैरहेको उहाँले जानकारी गराउनु भयो । घाईतेको अबस्था मध्यम रहेको उहाँको भनाई छ ।
यता कालिमाटी गाउँपालिका ५ दम्दवालीका गाहाको गोठमा चटयाङ्गपर्दा बाधेर राखेको दुई खसि दुई बाख्रा मरेको र एक घाईते भएपछि झन्डै एक लाख बराबरको क्षती भएको प्रनि खत्रीले जानकारी गराउनु भयो ।