नेपाल खेलकुद महासंघ सल्यानको अध्यक्षमा सुरेन्द्र चन्द

  • मेरो जिल्ला
  • / खेलकुद /
  • २०८२ जेष्ठ २, शुक्रबार (१ महिना अघि)
  • २८५ पटक पढिएको

नेपाल खेलकुद महासंघ सल्यानको अध्यक्षमा सुरेन्द्र चन्द

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ सल्यानको प्रथम जिल्ला अधिवेशनबाट नयाँ कमिटि चयन गरिएको छ । विहिबार खलंगा स्थित पार्टी कार्यालयमा सम्पन्न भएको अधिवेशनले नयाँ १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नवगठित कमिटीमा सुरेन्द्र चन्द अध्यक्ष चयन भएका छन् भने सागर नेपाली उपाध्यक्ष, मेघराज खड्का सचिव, भरत वि.क. र विशाल घर्ती मगर उप–सचिवमा निर्वाचित भएका छन् । अन्य सदस्यहरूमा विभिन्न खेल क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवाहरु रहेको एमाले सल्यानले जनाएको छ । कार्यक्रममा नेकपा (एमाले) सल्यानका जिल्ला अध्यक्ष भिम बहादुर सेनले शुभकामना दिँदै खेलकुद युवाको शक्ति र राष्ट्रिय एकताको माध्यम भएको उल्लेख गर्दै पार्टी निकट संगठनहरूले अनुशासनपूर्वक दत्तचित्त भएर रचनात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले सल्यानका उपाध्यक्ष तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगाएत नेपाल खेलकुद महासंघ तथा अन्य संगठनका प्रमुख प्रतिनिधीले बोल्दै खेलकुद विकास, संगठन विस्तार र युवालाई सशक्त बनाउनका लागि नवगठित कमिटीले प्रभावकारी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली