सल्यानमा भदौ ११ गते देखि दोस्रो एमएम कप क्रिकेट प्रतियोगिता २०८२ हुदै

  • मेरो जिल्ला
  • / खेलकुद /
  • २०८२ श्रावण १९, सोमबार (५ महिना अघि)
  • ३१५ पटक पढिएको

सल्यानमा भदौ ११ गते देखि दोस्रो एमएम कप क्रिकेट प्रतियोगिता २०८२ हुदै

सल्यान, साउन १९
सल्यानमा दोस्रो संस्करणको एमएम कप क्रिकेट प्रतियोगिता–२०८२ हुने भएको छ । शारदा नगरपालिका–३ स्थित एमएम एकेडेमीले सोमबार पत्रकार सम्मेलन गरी आगामी भदौ ११ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।
एमएम एकेडेमीका अध्यक्ष महेश देवकोटाका अनुसार प्रतियोगिता सदरमुकाम खलंगास्थित लुहापिङ खेलमैदानमा हुनेछ । उहाँका अनुसार पछिल्लो समय क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै र अन्तरविद्यालयीय खेलकुदमा विश्वास बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सामुदायिक तथा निजी विद्यालयका कक्षा १० सम्मका विद्यार्थी मात्र सहभागी हुने छन् । प्रथम हुने  विजेताले रु ३० हजार रुपैयाँ र  दृतीय हुने विजेताले रु २० हजार रुपैयाँ पुरस्कार पाउनेछन । त्यस्तै, म्यान अफ द म्याच, प्लेयर अफ द सिरिज लगायतका विधामा पनि पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको न्यूनतम लागत दुई लाख एक हजार आठ सय रुपैयाँ अनुमान गरिएको छ। आयोजकले आवश्यक परेमा पुरस्कार राशी थप्ने लक्ष्य समेत राखेको उहाँले बताउनु भयो ।


क्रिकेट संघ सल्यानका अध्यक्ष सबिन हमालले विद्यालय स्तरबाटै प्रतियोगिता सुरु हुनु सकारात्मक रहेको बताउनु भयो । स्कुल स्तरबाट उत्पादन भएका खेलाडीहरू प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यसअघि २०७६ सालमा पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यालयले प्रति टोली ३५ सय रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।
दोस्रो संस्करणको एमएम कप क्रिकेट प्रतियोगिता हुने भएपछि यसको तयारीमा लागेको एमएम एकेडेमीका प्रिन्सपल पुर्ण बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा आवश्यक पर्ने जनशक्ति लगायत प्रतियोगितामा चाहिने सामाग्रीको तयारी भैरहेको बताउनु भयो । पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले यस्तो खालको खेलकुद प्रतियोगिताले खेल प्रति चासो र विश्वास झनै बढाउने बताउनु भयो ।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली