कपुरकोट गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

  • मेरो जिल्ला
  • / खेलकुद /
  • २०८२ पौष १९, शनिबार (२ हप्ता अघि)
  • ६७ पटक पढिएको

कपुरकोट गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

कपुरकोट गाउँपालिकाको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जीवन ज्योति माध्यमिक विद्यालय रिमले आफ्नो पोल्टामा पार्न सफल भएको छ । नेपाल राट्रिष्य माध्यमिक विद्यालय किमुचौरमा सम्पन्न प्रतियोगितामा ४२ पदक हात पार्दै उपाधि उचालेको हो । शुक्रबार सम्पन्न प्रतियोगितामा मावि रिमले १६ स्वर्ण, ११ कास्य र ११ रजत पदक हात पारेको छ । यस्तै भवानी माध्यमिक विद्यालय छायँनाथले १६ स्वर्ण, ११ कास्य र २० रजत सहित दोस्रो र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरले १३ स्वर्ण, १२ कास्य र ८ रजत सहित तेस्रो भएका छन् ।

प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ६ विद्यालयले सहभागिता जनाएका थिए । प्रथम, दित्तिय र तेस्रो स्थान हुने विद्यालयका खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष दुर्गा पुन, उपाध्यक्ष प्रकाश भण्डारीले मेडल प्रमाण पत्र वितरण गर्नु भएको छ । प्रतियोगिताले विद्यार्थीहरुमा खेलकुदप्रतिको रुचि, अनुशासन र स्वस्थ्य प्रतिस्पधाएको भावना विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली