वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा सल्यान पनि विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ ।
वनस्पतिको सम्भार: सुख र समृद्धिको आधार” भन्ने नारासहि वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहव्यापी विविध कार्यक्रम गरि सम्पन्न गरेको हो ।
चैत्र २३ गते मूलपानी वनस्पति उद्यान परिसरमा फैलिएका मिचाहा वनस्पति हटाउने अभियानबाट कार्यक्रमको शुरुवात गरिएको थियो। चैत्र २५ गते कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले पालिका स्तरीय “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता” उद्घाटन गर्नुभयो। सोही दिन दुर्लभ वनस्पति काकडसिङ्गीको महत्वबारे अन्तरक्रियासमेत सम्पन्न भयो।
प्रतियोगिता चैत्र २८ गतेसम्म सञ्चालन भएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिनुयो । उहाँका अनुसार मुख्य समारोह आज २९ गते विशेष कार्यक्रमका साथ सम्पन्न गरिएको हो । कार्यक्रममा पालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, पुरस्कार वितरण, जैविक विविधता सचेतना सम्मान, उत्कृष्ट कर्मचारी सम्मान लगायतका कार्यक्रम आयोजना गरिएका थिए।
जसमा ब्याडमिन्टन प्रतियोगितामा सुवास हमाल र भुवन डाँगीको टोली प्रथम (रु. १०,०००), लोकबहादुर बस्नेत र भुवन महतरा द्वितीय (रु. ८,०००), तथा यमराज महतरा र दिनेश थापाको टोली तृतीय (रु. ५,०००) भएका थिए। हाजिरीजवाफ प्रतियोगितामा ने.रा. मा.वि. प्रथम, ब्लु डायमण्ड बोर्डिङ स्कुल द्वितीय तथा जीवन ज्योति रीमले तृतीय स्थान हासिल गरेका थिए।
यस्तै जैविक विविधता सचेतना सम्मान यस वर्ष कान्तिपुर संवाददाता तथा रेडियो शारदामा कार्यरत पत्रकार सरिता चलाउनेलाई प्रदान गरिएको थियो भने यस्तै, उत्कृष्ट कर्मचारीको रूपमा डम्बरबहादुर सेनलाई दोसल्ला ओढाएर सम्मान गरिएको बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गा पुनको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वडा नं. ३ का अध्यक्ष प्रदीप खड्का, जिल्ला आयुर्वेद अस्पताल प्रमुख डा. सम्झना जिसीलगायतको विशेष आतिथ्यता थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले वनस्पति र जैविक विविधता संरक्षण सँगै यसको बिकासमा सबै लाग्नुपर्ने वताउनु भयो । वनस्पतिले मानिसको स्वास्थ्य सँग जाेडिएकाले आय आर्जनमा समेत सहयोग गरेकाले आम समुदायलाई वनस्पति र यसको महत्त्व बुझाउनु आवस्यक रहेको वताउनु भयो ।
यस्तै उपाध्यक्ष प्रकाश भण्डारीले वनस्पति र पर्यावरण जोगाउनको लागि सबैको भुमिका महत्त्वपूर्ण हुने वताउनु भयो ।
उहाँले जैबिक विविधताको संरक्षणमा पालिकाले काम गरिरहेको वताउदै वनस्पति संरक्षणमा सबैको चासो हुनुपर्ने वताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले पर्यावरणमा आइरहने समस्याले वनस्पतिमा ह्रास ल्याइरहेको वताउनु भयो । वनस्पति हाम्रो जिबन भएकोले यसको संरक्षणमा सबैको दायित्व रहेको वताउदै वनस्पति र पर्यावरणको महत्त्वको लागि सबैको भुमिका महत्त्वपूर्ण हुने वताउनु भयो ।
स्थानीय बुद्धिजीवी, समाजसेवी, पालिकाका शाखा प्रमुख र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
केन्द्रका प्रमुख डा. पाठकका अनुसार सल्यान तथा कर्णालीका केही जिल्लामा मात्र पाइने काकडसिङ्गी दुर्लभ तर अत्यन्त उपयोगी वनस्पति हो।
राइबोफ्लोविन, एस्कॉर्बिक एसिड, कैरोटिन, ग्लूटामिन जस्ता तत्वयुक्त यस वनस्पतिले चिसो, रुघाखोकी, दम, रक्तचाप, यौन दुर्वलता लगायतका रोगमा औषधीय गुण देखाउने हुँदा यसले व्यापक महत्त्व राखेको छ। यथोचित संरक्षण नहुँदा यसको संख्या कम हुँदै गएकाले केन्द्रले खोज तथा संरक्षणमा अभियान सञ्चालन गरिरहेको डा. पाठकले जानकारी दिनुभयो।