सल्यानमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा दुई घर जलेर नष्ट

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ बैशाख १४, आईतबार (३ हप्ता अघि)
  • २७१ पटक पढिएको

सल्यानमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा दुई घर जलेर नष्ट

सल्यानमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा दुई घर जलेर नष्ट भएको छ । आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका वडा नं १ को काल्चे सल्लेरी सामुदायिक वनमा लागेको ढडेलो बस्तीमा फैलिदा दुई वटा घर जलेको वडाध्यक्ष प्रकाश हमालले जानकारी दिनुभयो ।
दिउँसो करिब १ बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको जानकारी दिनुुभयो ।  उहाँले गाउँका अन्य घरहरू समेत जल्न सक्ने भएकाले नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय थारमारे तथा इप्रका दमाचौरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरी तथा स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहनुभएको छ”, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर रेशमबहादुर खत्रीले भन्नुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली