दार्मा गाउँपालिका वडा नं ४ काे प्रशासकीय भवन उद्घाटन

  • मेरो जिल्ला
  • / जीवनशैली /
  • २०८२ बैशाख १५, सोमबार (३ हप्ता अघि)
  • १४४ पटक पढिएको

दार्मा गाउँपालिका वडा नं ४ काे प्रशासकीय भवन उद्घाटन

सल्यानको  दार्मा गाउँपालिका वडा नं ४ काे नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएकाे छ ।
रातामाटामा सम्पन्न  भवनको एक कार्यक्रमका बीच दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले रिबन काटेर तथा शिलापत्र अनाबरण गरेर उद्घाटन गर्नुभएको हो ।  १ कराेड ३८ लाख लागतमा भवन निर्माण सम्पन्न भएको थियो ।
भुकम्पबाट क्षेतीग्रस्त भवनकाे ठाउंमा नयां भवन निर्माण भएपछि छिटाे छरिताे र सहज ढंगबाट सेवा प्रवाह  हुने बिश्वास गरिएको वताउनु भयो ।  अध्यक्ष केसीले बधाई तथा शुभकामना मन्तव्य दिनु भयाे ।

कार्यक्रममा उपाध्यक्ष जुना मल्ल चन्द,प्रमुख प्रशासकीय अधिकृत रेशम ओली,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा दार्मा ईन्चार्ज अनन्त प्रशाद शर्मा, वडा नं ६ का पुर्व अध्यक्ष दुर्गा बहादुर मल्ल , नेकपा पाेलिटव्युराे सदस्य माेहलाल चन्द , नव सर्वसाधारण माविका व्यवस्थापन समिति अध्यक्ष बुद्धि थापा लगायत बोल्नुभएको थियो ।
कार्यक्रममा वडा कार्यालयकाे नयाँ  भवन निर्माण गर्ने उत्तम निर्माण सेवा का सहायक ईन्चार्ज नवीन देवकाटालाई समान सहित कदरपत्र प्रदान गरिएकाे छ ।
कार्यक्रममा दार्मा गा पा अन्तरगत विभिन्न वडाका अध्यक्ष हरु, कार्यपालिका सदस्यहरु , विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरु , कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मि , पत्रकार र समुदायकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे अध्यक्षता ४ नं वडा अध्यक्ष  चन्द्र बहादुर रावत र सन्चालन वडा सचिव बिर्ख बहादुर खडकाले गर्नुभएकाे थियाे ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली