औषधीमा लापरबाही : सल्यानका अस्पतालहरु बाट म्याद सकिएका औषधि बरामद

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८१ चैत्र २८, बिहिबार (२ हप्ता अघि)
  • ५४६ पटक पढिएको

औषधीमा लापरबाही : सल्यानका अस्पतालहरु बाट म्याद सकिएका औषधि बरामद

सल्यान — सल्यानमा झन्डै ८ लाख बराबरको म्याद सकिएको औषधि  बरामद गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रशासन कार्यलय सल्यान र औषधी व्यवस्था विभाग नेपालगञ्जले एक सरकारी र १९ वटा निजी अस्पतालका फार्मेसीबाट म्याद सकिएका औषधी बरामद गरेको हो ।  बिभिन्न गुनासा आउन थालेपछि गरिएको अनुगमनका क्रममा ती औषधी फेला परेका हुन ।
अनुगमन टोलीका अनुसार जिल्ला अस्पताल सल्यानको फार्मेसीसहित निजी क्षेत्रका विभिन्न अस्पताल तथा क्लिनिकमा बिक्रीका लागि राखिएका करिब ७ लाख ९८ हजार ६ सय ९२ रुपैयाँ बराबरका म्याद सकिएका औषधी तथा सर्जिकल सामाग्री बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुुख श्यामलाल खरालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल सल्यानको फार्मेसी सहित श्रीनगर बजार, सिद्धकुमाखको ढोरचौर बजार, मोखला र बागचौर नगरपालिकाको बागचौर बजारमा रहेका निजि अस्पताका मार्फेसीहरुमा अनुगमन गर्दा म्याद सकिएका औषधी सहित सर्जिकल सामाग्री बरामद गरिएको हो । बरामद गरिएका औषधिहरू नष्ट गर्न औषधि व्यवस्था विभाग नेपालगञ्जमा पठाइएको उहाँले बताउनु भयो । उहाँका अनुसार संलग्न फार्मेसी तथा स्वास्थ्य संस्थाहरूलाई पहिलो पटक सचेतको लागि सुझाव दिइएको, पुनः त्यसो भएको पाइएमा कारबाही प्रक्रिया अघि बढाइने छ ।
अनुगमनका क्रममा केही मेडिकल हरुले सटर लगार भागेको  पाइएको समेत बताउनु भयो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरबाही भएकाले “नियमित अनुगमन अझ कडाइका साथ अगाडि बढाइने प्रमुख खरालले बताउनु भयो ।
अनुगमनमा जिल्ला अस्पताल सल्यानले संचालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि भेटिएको थियो । अस्पतालमा निःशुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले संचालन गरेको फार्मेसीमा अनुगमन टोलीले अनुगमन गर्दा विभिन्न प्रकारका म्याद नाघेका औषधि भेटाएको हो । अनुगमन टोलीका  अनुसार यसअघि पनि जिल्लामा रहेका निजी फार्मेसी र मेडिकलहरुमा नियमित अनुगमन गर्ने गरे तापनि जिल्ला अस्पतालले संचालन गरेको फार्मेसीमा भने अनुगमन हुने गरेको थिएन । अन्य १८ वटा अस्पताल तथा मेडिकलको फार्मेसीहरुमा अनुगमन गर्दा म्याद गएका औषधि र सामाग्री सहित मापदण्ड विना सञ्चालन भएको पाइएको हो । यो सहित एग्रोभेटहरु पनि अनुगमन गरिएकोे थियो ।  पहिलोपट सुझाव सहित मापदण्ड पुर्याएर सञ्चालन गर्न निर्देशन दिइएको छ ।


अनुगमन गरिएका अस्पतालहरु
१. एभरेष्ट मेडिकलहल, शारदा नगरपालिका २ खलंगा
२.जिल्ला अस्पताल सल्यान फार्मेसी
३. परोपकार हस्पिटल प्रा.ली. अस्पताल, फार्मेसी, शारदा नगरपालिका १, श्रीनगर सल्यान
४. याक्सन कुमाख हस्पिटल श्रीनगर
५.कर्णाली अस्पताल,श्रीनगर
६. जनविश्वास औषधि पसल,श्रीनगर
७.मेट्रो फार्मेसी, श्रीनगर
८. अन्न्पुर्ण आयुर्वेदिक मेडिकल, सेन्टर,श्रीनगर
९. मनकामना मेडिकल सेन्टर,श्रीनगर
१०. कान्तिपुर सामुदायिक हस्पिटल प्रा.लि. अन्र्तगतको अनुष फार्मेसी
११.ओर्फिक हेल्थ एण्ड व्युटी,श्रीनगर
१२.धिरज होमियोप्याथी औषधी पसल सिद्धकुमाख, ढोरचौर, सल्यान
१३.भरत मेडिकलहल, सिद्धकुमाख, ढोरचौर, सल्यान
१४.प्रभात मेडिकलहल, सिद्धकुमाख १ मोखला, सल्यान
१५. टिका एग्रोभेट सेन्टर ढोरचौर
१६.कृष्ण मेडिकल हल, बागचौर १०, सल्यान
१७. सहज फार्मेसी, बागचौर नगरपालिका, सल्यान
१८. प्रकृति फार्मेसी, बागचौर नगरपालिका, सल्यान
१९. श्रीराम मेडिकल हल बागचौर नगरपालिका थारमारे

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली