सल्यानमा समूहबद्ध कुटपिट, एक जना घाइते

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ६, शनिबार (१ महिना अघि)
  • ७३५ पटक पढिएको

सल्यानमा समूहबद्ध कुटपिट, एक जना घाइते

सल्यानमा एक समूहबद्ध कुटपिट बाट एक जना घाइते भएका छन । जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरस्थित रुकुमचोकमा समूहबद्ध कुटपिट बाट श्रीनगरकै २४ वर्षीय विशाल भण्डारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कुटपिटमा संलग्न शारदा नगरपालिका १४ का बादल नेपाली , कुमाख गाउँपालिका–७ का दिलीप बिक (भालु), शारदा नगरपालिका–६ का बसन्त बुढाथोकी लगायत १५–२० जनाको समूहले भण्डारीलाई कुटपिट गरि घाइते बनाएको  जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी  तथा प्रहरी निरीक्षक बाबुराम बस्नेले जानकारी दिनुभयो । उहाँका अनुसार कुटपिटबाट भण्डारीको टाउकोमा गम्भीर चोट लाग्दा उपचारका लागि शारदा मेट्रो अस्पताल श्रीनगरमा भर्ना गरिएको छ। टाउकोमा ६ टाँका लगाइएको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय सितलपाटीका प्रमुख प्रहरी नायब निरीक्षक गोपाल मल्लको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली खटिएको छ। कुटपिटमा संलग्न व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। घटनास्थलको बारेमा थप अनुसन्धान भैरहेको छ ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली