रोयल इन्फिल्ड कर्णाली प्रदेश फोटो पत्रकारिता पुरस्कार २०२५ सल्यानका पत्रकार बुढाथोकीलाई

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १४, आईतबार (३ हप्ता अघि)
  • २६२ पटक पढिएको

रोयल इन्फिल्ड कर्णाली प्रदेश फोटो पत्रकारिता पुरस्कार २०२५ सल्यानका पत्रकार बुढाथोकीलाई

 राष्ट्रिय फोटोपत्रकार समूह (NFpJ) नेपालद्वारा आयोजित पाँचौं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ अन्तर्गत रोयल इन्फिल्ड कर्णाली प्रदेश फोटो पत्रकारिता पुरस्कार २०२५’मार्फत सल्यानका अमृत बाबू बुढाथोकी सम्मानित भएका छन्।
शनिबार राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७औं स्थापना दिवसको अवसरमा आयोजित समारोह तथा पाँचौ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ मा
बुढाथोकीलाई सभामुख देवराज घिमिरेद्वारा उक्त सम्मान प्रदान गरिएको हो ।
समाजका विविध पक्षहरू, ग्रामिण जनजीवन र मौलिक कथा फोटोपत्रकारितामार्फत उजागर गर्दै आएका बुढाथोकीलाई फोटोपत्रकारितामा पुर्‍याएको योगदानका आधारमा सम्मान गरिएको आयोजकले जनाएको छ।राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष समेत रहनुभएका बुढाथोकी हिमालय टेलिभिजन, रेडियो राप्ती लगायतका संचार माध्यमा आबद्ध हुनुहुन्छ।

कार्यक्रममा देशभरिका फोटोपत्रकारहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

 

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली