सल्यानको शारदा-१५ मा सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर, १६० जना लाभान्वित

  • मेरो जिल्ला
  • / अन्य /
  • २०८१ चैत्र ३०, शनिबार (२ हप्ता अघि)
  • २०१ पटक पढिएको

सल्यानको शारदा-१५ मा सिटिजन्स बैंकको निःशुल्क स्वास्थ्य शिविर, १६० जना लाभान्वित

सल्यान – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको श्रीनगर शाखाले नि:शुल्क स्वास्थ्य शिविर दिएको छ ।
शनिबार शारदा नगरपालिका–१५ स्थित पशुपति आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।   स्थानीय समुदाय लक्षित सामाजिक सेवामूलक कार्यक्रम मार्फत गरेको शिविरमा करिब १ सय ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा बालबालिका, महिला, वृद्धवृद्धासहित सबै उमेर समूहका व्यक्तिहरुको मधुमेह, रक्तचाप, ज्वरो, सामान्य संक्रमणलगायत विविध रोगहरूको परीक्षण गरिएको शाखा प्रमुख पुष्पा वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा सल्यान जिल्लाका विभिन्न स्वास्थ्यकर्मी र चिकित्सकहरूको टोलीको साथमा, स्थानीय वडाध्यक्ष, विद्यालयका शिक्षक तथा सिटिजन्स बैंकका कर्मचारीहरू सहभागी भएका थिए।  चिकित्सकहरूले जाँच गरेका प्रत्येक बिरामीलाई आवश्यक उपचार र सल्लाह दिएका थिए ।
“सिटिजन्स बैंकको सामाजिक उत्तरदायीत्व कार्यक्रमका अन्तर्गत हरेक वर्ष यस किसिमका कार्यक्रमहरूको आयोजना गरिन्छ। यस वर्षको १८ औं वार्षिकोत्सवमा  स्वास्थ्य परीक्षण जस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको हो ।
यो निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमले स्थानीय समुदायमा स्वास्थ्यको चेतना बढाउने, विभिन्न रोगहरूको चाँडो पहिचान गरिनु र आवश्यक उपचार प्राप्त गर्न सहयोग पुर्याउने आशा गरिएको छ।

समाजप्रति उत्तरदायीत्व वहन गर्ने उद्देश्यसहित सिटिजन्स बैंकले हरेक वर्ष शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै कार्यक्रम आगामी दिनमा अझ सशक्त रुपमा अगाडि बढाइने शाखा प्रमुख वलीले बताउनुभयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली