सल्यानका ४ सय १८ सामुदायिक वन करको दायारामा


सल्यानका ४ सय १८ सामुदायिक वन करको दायारामा

सल्यानका ४ सय १८ सामुदायिक वनल समुहले प्यान नम्वर लिएका छन । डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाभर ६ सय २९ सामुदायिक वन समुह रहेकोमा ४ सय १८ सामुदायिक वनले प्यान नम्बर लिएका हुन ।
सामुदायिक वन समुहलाई पनि करको दायरामा ल्याउने उदेश्यले प्यान नम्बर अनिवार्य गरेपछि यी वन समुहले प्यान नम्बर लिएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार प्यान नबम्बर लिनको लागि सामुदायिक वनहरुलाई फागुन सम्मको म्याद दिएको थियो । समय छोटो भएकाले ४ सय १८ सामुदायिक वन समुहले मात्र प्यान नम्बर लिएको र बाकी नलिएका वन समुहलाई पनि प्यान नम्बर लिन आग्रह गरिएको उहाँले वताउनु भयो । बढि कारोवार हुने वन समुहलाई अनिवार्य प्यान नम्बर लिएर करको दायरामा ल्याएको उहाँले बताउनु भयो ।

स्थानिय स्रोत व्यवस्थापनलाई पार्दर्शी र उत्तरदायी बनाउन सामुदायिक वन समुहलाई स्थायी लेखा नम्बरमा समेटिएको वताउनु भयो । यो सँगै पहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका सल्यानका सामुदायिक वन समुह अव व्यवस्थित हुने अपेक्षा गरिएको छ भने सरकारी राजश्वमा समेत बृद्धि हुनेछ । नेपाल सरकारले आर्थिक ऐन २०८१ को दफा २२ अनुसार विगतमा कर लाग्ने आर्थिक कारोवार गरी स्थायी लेखा नम्बर नलिएका र स्थायी लेखा नम्बर लिएर पनि आय विवरण नबुझाएका सामुदायिक वन, धार्मिक वन, कवुलियति वनले बुझाउनु पर्ने आय विवरण र लाग्ने फागुन मसान्त सम्म बुझाएमा सो लाग्ने कर व्याज मिनाहा हुने व्यवस्था गरेको थियो । सोही अनुसार डिभिजन वन कार्यालयले सुचना खोलेको थियो । सोही अनुसार फागुन मसान्त सम्म ४ सय १८ वटा सामुदायिक वनले स्थायी लेखा प्यान नम्बर लिएको सूचना अधिकारी खडकाले वताउनु भयो । सल्यानका सामुदायिक वन बाट काठ, दाउरा, खोटो, जडिबुटी र पर्यापर्यटन बाट राम्रो आम्दानी हुने गरेको छ ।
वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले सामुदायिक वन समुहले प्यान नम्बर लिएपछि पारदर्शी भएर काम गर्न सकिने वताउनु भयो । उहाँका अनुसार प्यान नम्बर लिएपछि आर्थिक कारोवार खुला हुने भएकाले सहज हुने वताउनु भयो । उहाँले बाकि रहेका सामुदायिक वन समुह पनि करको दायरामा आउनको लागि प्यान नम्बर लिन जरुरी रहेको बताउनु भयो ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली