सल्यान कालिमाटीमा बाघले बस्तीमा पसेर बाख्रा मार्न थालेपछि स्थानीय त्रासमा

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १, सोमबार (२ हप्ता अघि)
  • १५८ पटक पढिएको

सल्यान कालिमाटीमा बाघले बस्तीमा पसेर बाख्रा मार्न थालेपछि स्थानीय त्रासमा

सल्यानको कालिमाटी गाउँपालिका–२ कालाखोलामा बाघले बस्तीमा पसेर धमाधम बाख्रा मार्न थालेपछि स्थानीय त्रसित भएका छन ।
आइतबार राति दुई किसानका चार बाख्रा मारेको छ भने एउटा बाख्रालाई घाइते बनाएको छ ।  घरसँगै सटेको गोठमा पसेर कालाखोलाका धामप्रसाद अधिकारी र कृष्णप्रसाद अधिकारीको घरसँगै जोडिएको गोठमा पसेर बाघले बाख्रा मारेको हो ।
बाघले धामप्रसाद अधिकारीका तीन बाख्रा मारेर खाएको, एउटालाई घाइते बनाएको र कृष्णप्रसाद अधिकारीको एउटा बाख्रा मारेर खाएको थियो । बस्तीमै छिरेर घरसँगै सटेको गोठमा पसी बाघले बाख्रा मारेर खाएपछि अहिले स्थानीय त्रसित भएका छन् । बाघको त्रासका कारण स्थानीय घरदेखि बाहिर जान सकेका छैनन् । बाघबाट पशुचौपायासँगै सर्वसाधारणको ज्यान बचाउन स्थानीयले सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

बाँके राष्ट्रिय निकुन्जमा बाघको संख्या बढेपछि सिमानामा पर्ने कालिमाटी गाउँपालिकाको विभिन्न वडामा बाघले बेलाबेलामा पशुचौपाया मार्दै आएको कालिमाटी गाउँपालिका वडा नं २ का सदस्य अमरबहादुर ओलीले बताउनु भयो । तीन महिनाअघि मात्र बाघले कालाखोलाकै एक स्थानीयका केही बाख्रा मारेर खाएको उहाले जानकारी दिनुभयो ।
बाघ बस्तीमा पस्न थालेपछि रातविरातमा शौचका लागि बाहिर निस्कन र दिउँसो घरमा स–साना बालबालिकालाई एक्लै छाडन नसकिने अवस्था सृजना भएको टीका अधिकारीले बताउनु भयो । बस्तीका सबै मिलेर चारैतिरबाट धपाउन खोजेपनि बाघले नभेटिएको र जंगलतिर गएको उहाले बताउनु भयो  । अहिले गाईबाख्रा चराउन, घाँसदाउरा गर्न जंगल जान समेत डर भएको उहाको भनाइ छ ।
जंगल नजिकै बस्ती भएकाले बस्तीमा बाघ पस्न थालेको र विगतमा बेलाबेलामा मान्छेलाई पनि आक्रमण गर्दै आएकाले पशुपालन गर्न पनि डर भएको स्थानीय लोकबहादुर केसीले बताउनु भयो  । निकुन्जको सीमा क्षेत्र खुला भएकाले जंगली जनावरले मान्छेलाई दुःख दिँदै आएकाले बसाईंसराई गर्दा कालिमाटी गाउँपालिका–७ घुइँयाबारीको जंगल नजिकका बस्ती खाली हुँदै जान थालेको उनले बताउनु भयो  ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली