सल्यानमा राप्रपाको विरोध र्याली, हिन्दु राष्ट्र र राजतन्त्रको माग

  • मेरो जिल्ला
  • / मुख्य समाचार /
  • २०८२ बैशाख ९, मंगलबार (१ महिना अघि)
  • २३४ पटक पढिएको

सल्यानमा राप्रपाको विरोध र्याली, हिन्दु राष्ट्र र राजतन्त्रको माग

सल्यान — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा  सल्यान जिल्ला समितिले सोमबार सदरमुकाम खलंगामा विरोध र्याली सम्पन्न गरेको छ। खलंगा–२ स्थित पार्टी कार्यालयबाट सुरु भएको र्याली खलंगा बजार परिक्रमा गर्दै विभिन्न नारासहित अगाडि बढेको थियो। र्यालीमा पार्टीका केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठको नेतृत्व रहेको थियो भने जिल्ला उपाध्यक्ष प्रदीप थापा सहित करिब ५० कार्यकर्ताको उपस्थिति थियो।

र्यालीमा “संवैधानिक राजतन्त्र कायम गर”, “हिन्दु राष्ट्र कायम गर”, “राज्य आतंक बन्द गर”, “आस्थाका बन्दी रिहा गर” जस्ता नाराहरू लगाइएका थिए। कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान राजनीतिक अवस्था र धर्मनिरपेक्षताका नाममा भइरहेको विकृति–विसंगतिप्रति राप्रपा गम्भीर रहेको बताउनु भयो । उहाँले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र पुनःस्थापनाका लागि जनस्तरबाट दबाब सिर्जना गर्ने रणनीति अघि बढाएको बताउनु भयो । पार्टीले देशभर यस्ता अभियानलाई थप सशक्त बनाउँदै लैजाने जनाएको छ।

👉 मुख्य बुँदाहरूस्
राप्रपाको सदरमुकाम खलंगामा विरोध र्याली

हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग

५० जना कार्यकर्ताको सहभागिता

सरकारविरुद्ध विभिन्न नाराबाजी

आन्दोलन देशभर तीव्र पारिने

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली