सल्यानको मालिकालाई पर्यटन प्रवर्द्धनमा विकास गर्न बृहत मालिका पर्यटन विकास बहस सम्पन्न 


सल्यानको मालिकालाई पर्यटन प्रवर्द्धनमा विकास गर्न बृहत मालिका पर्यटन विकास बहस सम्पन्न 

सल्यानको दार्मा गाउँपालिका वडा नम्बर ४ मा रहेको धार्मिक तथा ऐतिहासिक मालिका लेकलाई पर्यटन प्रवर्द्धनमा विकास गर्न मालिका पर्यटन विकास बहस गरिएको छ । नयाँ बर्षको अवसर पारेर दार्मा गाउँपालिकाको आयोजना तथा पत्रकार महासंघ सल्यानको सहजीकरणमा मालिका मन्दिर उद्घाटन सँगै पर्यटन बहस कार्यक्रम  गरिएको हो । कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री सुरेश धिकारी, प्रदेश सभा सांसद तथा पुर्व कृषि मन्त्री भिम प्रकाश शर्मा, जिल्लाका १० वटै स्थानिय तहका जनप्रतिनिधि र जिल्लाका सरोकारवालाहररुको उपस्थितीमा मालिका पर्यटन विकास बहस कार्यक्रम गरिएको हो ।


मालिकाको पर्यटकीय प्रचारप्रसार, यसको महत्व बारे सुसूचित गर्ने र यसको विकासको लागि सरोकारवालाहरुको ध्यानाकर्षणको लागि पर्यटन बहस गरिएको दार्मा गाउँपालिकाले जनाएको छ । मालिका पर्यटन क्षेत्रको समग्र पूर्वाधारको विकास गर्नु, धार्मिक सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नु, योग ध्यान साधन स्थलको रुपमा विकास गर्नु लगायत यसको मुख्य उदेश्य रहेको छ । यस्तै दिगो पर्यावरणमैत्री पर्यटन विकासको आधार निर्माण गर्नु, अमूल्य जडिबुटी र दुर्लभ ठामरको वनको संरक्षण गर्नु पानीको मुहान संरक्षण गर्नु रहेको छ ।
अहिले सम्म मालिकामा मन्दिर सम्म पुग्ने सिडी, मन्दिर निर्माण लगायत करिब १ करोड बराबरको संरचान बनेका छन । अझै यहाँ खानेपानी, शौचालय, पिकनिक पार्क, फन पार्क तथा बिश्राम स्थल जस्ता आधारभूत भौतिक संरचनाको आवश्यक रहेको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । उहाँका अनुसार यसको लागि डिपिआर तयार भैसकेको छ ।


बहस कार्यक्रममा उपस्थित सरोकारवालाहरुले मालिका लेकको बिकासका लागि सबै लाग्नु पर्ने आ– आफ्नो ठाउँ बाट भूमिका खेल्नु पर्ने बताएका छन । कार्यक्रममा कर्णाली प्रदेशका उद्योग वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मालिका पर्यटन बिकासका लागि तिन वटै सरकार लागि परेकाले यहाँ आवश्यक पर्ने संरचना निर्माणमा जोड दिने वताउनु भयो । उहाँले मालिका धार्मिक हिसावले मात्र होइन वातावरणीय हिसावले पनि उतिकै महत्वपुर्ण रहेको आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । मालिका संरक्षण र यसको बिकासका लागि आगामी बर्षको बजेटमा बिशेष जोड दिने बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेश सांसद तथा पूर्व कृषि मन्त्री भिम प्रकाश शर्माले मालिका क्षेत्र विकासको लागि सबै पक्ष लाग्नु पर्ने वताउनु भयो । यतिको पूर्वाधार निर्माण हुनु गौरवको बिषय भएको भन्दै आगामी दिनमा आवश्यक पर्ने पूर्वाधार निर्माणमा जोड दिने वताउनु भयो । सरकारले बजेट व्यवस्था गर्ने, सहजिकरण गरिदिने तर मालिका विकासको लागि स्थानिय नै जाग्ररुप हुनुपर्ने वताउनु भयो ।

बहस कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका  प्रमुख वेलाराम रावल, उपप्रमुख असविर बुढाथोकी, वन सचिव दीर्घनारायण कोइराला,वागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी सावित्रा पुन , कुमाख गाउँपालिकाका पूर्व अध्यक्ष दिलमाया बुढामगर लगायतले बहसमा भाग लिएनु भएको थियो ।

यसैबिच सो अवसरमा मालिका मन्दिरको उद्धघाटन  गरिएको छ । कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीलय अन्र्तगत डिभिजन वन कार्यलय सल्यान बाट निर्माण गरिएको मन्दिरको उद्धघाटन वन मन्त्री सुरेश अधिकारी, कर्णाली प्रदेश सांसद तथा पूर्व मन्त्री भिम प्रकाश शर्मा लगायत सरोकारवाहरुको उपस्थितीमा गरिएको हो ।
कार्यक्रका विभिन्न राजनैतिक दल, पत्रकार, बुद्धिजिवी,विभिन्न वन समुहमा प्रमुखहरु, स्थानिय वासिहरुको उपस्थिति रहेको थियो । हरेक नयाँ वर्षको अबसरमा मालिका मन्दिरमा मेला समेत लाग्ने भएको छ । कार्यक्रममा नाच गान सँगै पञ्चेबाजा र स्थानीय झाँकी पनि देखाइएको थियो ।।

मालिकाको महत्व

दार्मा गाउँपालिकामा रहेको मालिका पर्यटकीय स्थल ऐतिहासिक महत्वको रहेको छ। यस्ता विविधताले स्थानीय तहको पहिचानको आधार बनेको मालिका दार्माको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित रहेको छ। दार्मा गाउँपालिकाको प्रमुख धार्मिक स्थल मालिका भूमिमा मालिकाको नाममा स्थापना गरिएको हो। मालिकाको मनोहर पर्यटकीय स्थल मालिका लगायत मसम विशेष गरी असोजदेखि कात्तिक महिनासम्म सित्तल, चाँदु, पुजा र चौलानी हिमालबाट हिमनदीहरु आउनेसमेत देख्न पाइन्छ। यहाँबाट देखिने देश बाहिरका हिमालहरु हिमाञ्चल हिमपुच्छ्रलगायतसम्म देख्न पाइने देशकै दुर्लभ ठाउँ हो। जाजरकोट, रुकुम, सल्यानका विभिन्न ठाउँ (पूर्व) र रुकुम (पश्चिम) वाग्लुङ लगायतका विभिन्न ठाउँबाट यहाँ ठूलो संख्यामा धार्मिक श्रद्धालु, पर्यटक तथा पदयात्रामा आउने गरेका छन्।

दार्मा गाउँपालिकाले दुर्लभतालाई हेर्ने पर्यटकहरूको दृष्टिकोण, जाजरकोट, रुकुम, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम) वाग्लुङ लगायतका विभिन्न ठाउँबाट यहाँ धार्मिक पर्यटक तथा पदयात्रा गर्नेहरुको संख्या बढ्दो क्रममा रहेकोले धार्मिक पर्यटन क्षेत्रका रूपमा स्थापित गर्न लागिएको हो।

८ घन्टा भन्दा बढी विभिन्न प्रकारका जंगलहरू पैदल पार गरी २०–४० मिटर चट्टान तथा ठूला गुफाहरु पार गरी गुफामुनि पुग्नुपर्ने ठाउँ अत्यन्तै दुर्लभ धार्मिक साधनाका रूपमा रहेको मालिका मन्दिरमा आस्थाको अनुपम मिसावट पाइन्छ। यहाँको गुफाबाट पानी आउने र सर्वसाधारणले मन्दिरमा बत्ती बाल्दा बत्ती निभ्ने, ढुंगामा चढ्दा नचढ्ने, राति बास बस्न नसकिने, गर्भवती महिलाले प्रवेश गर्दा अशुभ हुने, मन्दिरमा रहेको बिजुलीको बल्ब कुनै प्रविधि प्रयोग नगरी आफै बल्ने र निभ्ने जस्ता रहस्यमयी, दुर्लभ स्थान रहेको हुँदा जो कोही पर्यटकहरुलाई आकर्षित गर्छ। प्राकृतिक रूपमा निर्मित सुनौलो गुफा, झरना, बर्खा याममा पोखरीको अवसर, अहिले पनि देश विदेशगएका यू संरक्षणमा पोखिएको देखिन्छ।

धार्मिक रूपमा महत्वपूर्ण मानिएको मालिका मन्दिर दार्माको धरोहर हो। यसर्थ उक्त धार्मिक एवं पर्यटकीय स्थललाई, सल्लाह र सिंगं दुर्गालगायत मालिका मन्दिरमा पूजा अर्चना गर्ने, सयौं केन्द्र एवं मन्दिर स्थलमा धार्मिक रूपमा प्रचार गर्ने, पर्यटनसँगै सामाजिक चेतनाको निर्माण गर्ने, सुनौलो झरना हेर्ने र आरामदायी लागि केही दिन बसेर पूजा गर्ने भन्ने ठाउँ अहिले पनि बुढापाकाहरुमुखबाट पाइन्छ। त्यसर्थ त्यो ठाउँ केही यसै मालिका मन्दिरमा पूजा गर्ने बुढा बुढी खासै पुठ भन्ने भन्ने विश्वास रहिआएको छ। इतिहासले लेखेका मण्डारियाहरुका गुण र आस्थाको आधारमा भविष्यमा अनुपम पर्यटकीय सम्भावना रहेको क्षेत्रको दीगो विकास गर्न मालिका मन्दिरलाई मालिका देवताको जागीरको रूपमा सल्यान जिल्ला र बझाङको दक्षता भन्ने स्थानमा विभिन्न रूपमा स्थानान्तरण गर्दै धार्मिक पर्यटनको केन्द्रीय आकर्षण भएको विश्वास गरिएको छ। अहिले मालिका पर्यटकीय प्रवद्र्धन पूर्वाधार विकास समितिका दुईतिहाइ बहुमत दार्मा गाउँपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारको साझेदारी संस्थागत मालिका क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि मालिका पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली