सल्यानको त्रिबेणी गाउँपालिकाले पालिका भित्रका खोलाबाट गिटी बालुवा उत्खननमा रोक लगाएको छ । पालिकाले बैशाख ३ गतेदेखि भदौ मसान्तसम्मका लागि गिटी बालुवा उत्खननमा रोक लगाएको हो ।
पालिकाले प्रत्येक बर्ष ठेक्का मार्फत खोलाजन्य बस्तु उत्खनन गर्न निमार्ण व्यवसायी सँग सम्झौता गरेकोमा उक्त निर्माण व्यवसायीले सम्झौतमा उल्लेखीत परिमाण वमोजिमको नदिजन्य पदार्थ उत्खनन गरी घाटगद्धी गरिसकेकोले बन्द गरेको त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताउनु भयो । उहाँका अनुसार त्यो भन्दा बढि उत्खनन गर्दा खोला मासिने ,पानीको स्रोत घटने, जलचर प्राणी मासिने र भु–क्षय जोखिम बढने भएकाले नै उत्खननमा रोक लगाईएको हो ।
स्थानीयले घर निर्माण तथा विकास निर्माणको लागि ठेकेदारले अबका दिनमा निर्माण कम्पनीले उत्खनन गरेर घाटगद्धि गरेर राखेको स्थानबाट किन्नु पर्ने उहाँले जानकारी दिनुभयो । कसैले मनपरी उत्खनन गर्न खोजेमा कानुन बमोजिम कारबाही हुने उहाँले बताउनु भयो ।
पालिका भित्र ठुला ठुला उद्योग नभएको र राजस्व संकलनका लागि अन्य कुनै विकल्प नभएपछि प्रत्येक बर्ष खोलाजन्य बस्तु उत्खननका लागि ठेक्का आह्वान गर्दा १५/ २० लाख राजस्व संकलन हुने गरेको उहाँको भनाई छ ।