वाइसियल दार्माको तेस्रो गाउँ सम्मेलन बाट विष्णु रोकायको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन


वाइसियल दार्माको तेस्रो गाउँ सम्मेलन बाट विष्णु रोकायको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन

योंग कम्युनिष्ट लिग नेपाल वाइसियल नेपाल दार्मा गाउँ समितिको तेस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले विष्णु रोकायको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँ कार्यसमिति चयन गरेको छ।
जसको उपाध्यक्षमा नवीन रावत, पवित्रा विक, चित्र बहादुर केसी भएका छन् भने विनोद साहु सचिव बनेका छन्। यस्तै सहसचिवमा मोहन विक, सुनिल देवकोटा र रेनुका राना रहेका छन्। कोषाध्यक्षको जिम्मेवारी खिम बहादुर केसीले पाएका छन्।
सम्मेलनमा सहभागी वक्ताहरूले सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समाजवादी आन्दोलनमा यो युवा नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा नेकपा माओवादी केन्द्र सल्यानका इन्चार्ज कृतिबहादुर पुन, लगायत सोभाराम भण्डारी,अनन्त शर्मा, जुना मल्ल, दुर्गा मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
युवा नेतृत्वले भविष्यमा सामाजिक रूपान्तरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

छुटाउनु भयो की?

ताजा अपडेट

खोजी गर्नुहोस

कोशी

गण्डकी

मधेश

सुदूरपश्चिम

लुम्बिनी

बागमती

कर्णाली