वाइसिएल सल्यानको अध्यक्षमा खड्क खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । सोमबार जिल्लाको श्रीनगरमा सम्पन्न चौथो सम्मेलनने खड्काको ७१ सदस्यीय नयाँ समिति चयन गरिएको हो । सबै पालिकाबाट एक/एक जना पदाधिकारी समावेश गर्दै सहमतिका आधारमा गठन गरिएको निर्वाचन समिति संयोजक थल राज भण्डारीले जानकारी दिनुभयो । जसको उपाध्यक्षहरूमा राकेश जैशी, दीपक बुढाथोकी, प्रकाश कवर र तुलाराम पुन चयन भएका छन्। सचिवमा भुपेन्द्र खड्का चयन भएका छन् भने सहसचिवहरूमा भोला विक, दिलमाया भण्डारी, नवीन वली र प्रकाश बुढाथोकी निर्वाचित भएका छन्। संगठनको कोषाध्यक्ष पहिलो बैठकले चयन गर्नेछ ।
सम्मेलन पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री टेकबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य रमेश मल्ल, संगठनका केन्द्रीय महासचिव गणेश शाही, पार्टीका केन्द्रीय सदस्यहरू कृति बहादुर पुन र भीम प्रकाश शर्माको विशिष्ट आतिथ्यता रहेको थियो।अतिथिहरुले सम्मेलनमा सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
सम्मेलनमा पार्टीका जिल्ला संयोजक मानबहादुर मल्ल, संगठनका केन्द्रीय सचिव हरि ढकाल र शैलेश शर्मा, नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष राजेन्द्र भण्डारी, अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष गणेश वली र नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।